गुणस्तरहीन सामान बेच्ने ९ व्यवसायीलाई मुद्दा

0
Shares

कैलाली । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले गुणस्तरहीन सामान बेच्ने ९ जना व्यवसायीमाथि मुद्दा दायर गरेको छ । कैलाली, कञ्चनपुर र बझाङका ९ जना व्यवसायीले गुणस्तरहीन उपभोग्य सामान बिक्री गर्दै आएको पाइएका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत सुमन धितालले जानकारी दिनुभयो ।

अधिकृत धितालका अनुसार कञ्चनपुरका आयुष दाना उद्योग, जसलिङ स्टोर र ममता किराना पसल, कैलालीका मालिका टे«डर्स एण्ड सप्लायर्स, तुलसी मार्केटिङ गोदावरी, सुदीप एण्ड प्रियान्स किराना पसल, शैलेश्वर किराना पसल र चन्द्र होटेल तथा बझाङको रुद्रा किराना पसलका व्यवसायीमाथि मुद्दा दायर गरिएको हो ।

कार्यालयले हालसम्म खाद्य उद्योग, होटल रेष्टुराँ, किराना पसल तथा अन्य खाद्य व्यवसायको अनुगमन गरी २ सय १३ खाद्य नमूना संकलन गरेको थियो । नौवटा नमूनाका सम्बन्धित व्यापारिक फार्मविरुद्ध मुद्दा दर्ता गरिएको धितालले बताउनुभयो ।

खाद्य ऐन, २०२३ लाई २०७४ मा गरिएको संशोधनअनुसार अखाद्य वस्तु बिक्री गर्ने तथा नराम्रोलाई राम्रो छ भनेर ठगी गर्नेलाई ५० हजार रुपैयाँ जरिवाना वा पाँच वर्ष कैद वा दुवै सजाय हुन सक्ने प्रावधान छ ।