युवराज र अनुको रोमान्स


सुगम संगीतदेखि फिल्मी गीतसम्म उत्तिकै जम्दै आएका गायक युवराज चौलागाईंले म्युजिक भिडियोसहित नयाँ आधुनिक गीत सार्वजनिक गरेका छन्।
गायक चौलागाईंले आप्mनै आधिकारीक यु–ट्युब च्यानलबाट म्युजिक भिडियोसहित नयाँ गीत सार्वजनिक गरेका हुन्। तिमी टाढा भयौ बोलको गीतमा चौलागार्इंकै स्वर तथा संगीत रहेको छ भने शब्द पूजा शाहको रहेको छ।

यो गीतको म्युजिक भिडियोमा गायक चौलागार्इं आपैmँ देखिएका छन्। उनलाई जोडी बनेर नायिका अनु शाहले साथ दिएकी छिन्। राजन इसानको एरेन्जमा तयार भएको गीतको म्युजिक भिडियो विशाल भण्डारीले गरेका छन्। जसमा युवराज र अनु शाहको रोमान्स देखिएको छ। गीतको भावअनुसार भिडियोमा प्रेमिका टाढा भएपछि प्रेमीको दुःखभाव प्रस्तुत गरिएको छ। भिडियोको छायांकन अर्जुन तिवारी र सम्पादन निशान घिमिरेले गरेका छन्।