नेपालका एयरपोर्टलाई सरकारले कति बजेट छुट्यायो ?

0
Shares

काठमाडौँ ।  आर्थिक वर्ष २०७५/०७६ मा सरकारले हवाई क्षेत्रको सुधारका लागि १९ अर्ब ३५ करोड रुपैयाँ विनियोजन गरेको छ ।

सरकारले निजगढ स्थित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई अगाडि बढाउने भएको छ । साथै काठमाण्डु स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पूर्वाधार सुधार गरिने भएको छ ।

भैरहवामा गौतम वुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आगामी आर्थिक वर्षभित्र निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइने आगामी वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले बताएका छन् ।

त्यस्तै विराटनगर, जनकपुर र धनगढी विमानस्थलको स्तरोन्नती गरी छिमेकी देशहरुसँग हवाई सम्पर्क बढाउने समेत सरकारले बजेटमा उल्लेख गरेको छ । त्यस्तै दाङमा वैकल्पिक विमानस्थल निर्माणलाई समेत प्रथमिकतामा राखिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप न्यूनिकरणका लागि काभ्रेमा आन्तरिक विमानस्थल निर्माण गर्न सम्भाव्यता अध्ययन गर्नका लागि समेत बजेट विनियोजन भएको छ ।