काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बजेट प्रस्तुत गर्दै घरजग्गाको कारोबार नियमन गर्ने प्रस्ताव गरेका छन् । बजेटमार्फत मन्त्री डा. खतिवडाले भूउपयोग सम्बन्धी कानुनको व्यवस्था गर्ने, कृषियोग्य जमिनलाई खण्डीकरण गर्न नदिने, घरजग्गा बिक्री इजाजत लिएर मात्रै गर्न पाइने व्यवस्था गरेका जनाएका छन् । नयाँ बजेटमा घरजग्गाको कारोबारमाथि अंकुश लगाउने विश्वास बजेट अघि नै गरिएको थियो । प्लटिङ समेत प्रभावित हुने भएका छन् ।











प्रतिक्रिया