काठमाडौँ । नेपाल सरकारले शैक्षिक प्रमाणपत्र धितो आधारमा कर्जा दिने घोषणा गरेको छ । बजेटमार्फत अर्थमन्त्री डा युवराज खतिवडाले शैक्षिक प्रमाणपत्र धितो आधारमा कर्जा दिने घोषणा गरेका हुन ।
जसअनुसार शैक्षिक प्रमाणपत्र राखेर अब ७ लाख रुपैयाँसम्म कर्जा पाइने भएको छ। ५ प्रतिशत ब्याजमा सो कर्जा प्रवाह गरिने अर्थमन्त्री डा। खतिवडाले बताएका छन । यसअघि अनेरास्ववियुले यसको माग गर्दै आएको थियो । बजेटमा यस्तो व्यस्था राखिएकोप्रति अनेरास्ववियुका उपाध्यक्ष महेश बर्तौलाले खुशी व्यक्त गरेका छन । उनले अब सरकारले कार्यान्वयनमा पनि ध्यान दिनुपर्ने बताए ।











प्रतिक्रिया