गोरेको बयान सकियो, आजै बहस सुरू हुने

0
Shares

काठमाडौं । तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्या मुद्दाका मुख्यअभियुक्त भनिएका चुडामणि उप्रेती ‘गोरे’को बयान आइतबार सकिएको छ ।
उनीसँग जिल्ला अदालत मोरङले चार दिन बयान लिएको हो । जिल्ला अदालतको बन्द इजलासमा बुधबारदेखि भएको बयान आइतबार मध्यान्हमा सकिएको हो ।
बयानका क्रममा गोरेले बाहिर भनिएजस्तो आफू नै सुन तस्करीको मुख्य मान्छे नभएको बताएका छन् । बयान सकिएपछि आजै बहस सुरू हुने भएको छ ।
जिल्ला न्यायाधिवक्ता पुण्य पाठकले सरकारको पक्षमा र वकिल यमबहादुर मगरले गोरेका पक्षमा बहस गर्ने भएका छन् । बहसपछि आजै फैसला आउने सम्भावना रहेको जिल्ला अदालत स्रोतले जानकारी दिएको छ ।