सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

0
Shares

काठमाडौं । सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको छ । सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रम निर्णयार्थ पेश गर्दा हुन्न भन्ने आवज नसुनिएकोले पारित भएको घोषणा गरे ।

नीति तथा कार्यक्रममाथि संसदमा उठेका प्रश्नहरुको आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिएपछि संसदबाट पारित भएको हो । नेपाली कांग्रेसका मिनेन्द्र रिजाल र राष्ट्रिय जनता पार्टीका अनिलकुमार झाले राखेको संशोधन प्रस्ताव भने बहुमतले अस्वीकृत गरेको छ ।