धनवीर दाहाल, रुकुम । रुकुम पश्चिमको बाँफिकोट गाँउपालिका १० झुला ठाँटीका पिडित दुई वालकलाई जर्मनबाट आएको शैक्षिक सामाग्री तथा लत्ता कपडा एक कार्यक्रमका बिच शनिबार प्रदान गरिएको छ ।
बुवाको मानसिक अवस्था ठिक नभएको र आमा अर्कैसँग गएपछि बिचल्लीमा परेका १० बर्षका गोपाल र ८ बर्षका पुर्णबहादुर खड्काको अवस्था सम्बन्धी ‘स्कुल जान त मन छ तर कापी कलम छैन ’ शिर्षकको समाचार गत चैत्र २१ गतेको नेपालसमाचार पत्रमा प्रकाशित भएपछि बाँफिकोट गाँउपालिका ४ सिम्तारु घर भई हाल जर्मनमा बस्दै आउनुभएका समाजसेवी महेन्द्र धितालले उनीहरुलाई आवश्यक लत्ता कपडा तथा शैक्षिक सामाग्री पठाएपछि धितालकी आमा जनककुमारी धिताल र बाँफिकोट गाँउपालिका अध्यक्ष धर्मबहादुर के.सीले बालकलाई हस्तानतरण गर्नुभएकको हो । शनिबार बिरेन्द्र माध्यामिक बिद्यालय बाँफिकोटमा एक कार्यक्रमको आयोजना गरी सामाग्री हस्तानतरण गरिएको हो ।
उनीहरुको लागी १३ दर्जन कापी, चार जोड कपडा, १ पेटी कपडा धुने साबुन, २ दर्जन नुहाउने साबुन, ४ प्याकेट मञ्जन, ४ वटा बुरुस, २ वटा ताबेल, २ जोड जुत्ता, २ जोड चप्पल, २ वटा झोला, लगाएतका करिव ३० हजार बराबरको सामाग्री हस्तानतरण गरिएको हो । कार्यक्रममा बोल्दै गाँउपालिका अध्यक्ष धर्मबहादुर के.सीले समाचार प्रकाशन गर्ने नेपालसमाचार पत्र, संवाददाता धनवीर दाहाल, स्थानीय संचारकर्मी बिपना बुढा तथा समाचार पढेर बालकहरुको लागी कपडा र अन्य सामाग्री प्रदान गर्ने समाजसेवी महेन्द्र धिताल प्रति कृतज्ञता ज्ञापन गर्नुभयो ।
अध्यक्ष के.सीले गाँउपालिकाको तर्फबाट समाज सेवी धिताल र उहाँकी आमा जनककुमारीलाई अभिनन्दन गर्ने समेत बताउनुभयो । गाँउपालिकाको तर्फबाट पनि ति बालकलाई उचित पठन पाठनको व्यवस्थाका लागी सहयोग गर्ने प्रतिबद्धता उहाँले जनाउनुभयो । एउटा समाचारको महत्व कति हुन्छ भन्ने कुरा पुष्टी भएको पनि अध्यक्ष के.सीले बताउनुभयो । 











प्रतिक्रिया