बैठकका लागि पैसा

0
Shares

वासिङ्टन, (एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका निजी वकिल कोहेनलाई गतवर्ष जुनमा युक्रेनका नेता पेट्रो पोरोसेन्कोसँग बैठक तय गर्न गोप्यरूपमा ४ लाख अमेरिकी डलर भुक्तान गरिएको सञ्चारमाध्यमले जनाएको छ। उक्त बैठक र्वाइट हाउसमा भएको थियो। यद्यपि कोहेनले त्यस्तो कुनै रकम आफूले लिएको कुरालाई अस्वीकार गरेका छन्। यस विषयमा राष्ट्रपति ट्रम्पलाई उक्त रकम लिएको थाहा छ वा छैन भन्ने विषयमा प्रस्ट भएको छैन। राष्ट्रपति पोरेसेन्कोका कार्यालयले उक्त दाबीलाई झुठो भएको र दुवै देशबीचको सम्बन्धलाई बदनाम गर्ने अभियान भएको जनाएको छ।