राजधानीमा बर्ड फ्लुको सन्त्रास


नेपाल समाचारपत्र
काठमाडौं
राजधानीमा नै बर्ड फ्लुको संक्रमण देखिएपछि सन्त्रास फैलिएको छ। राजधानीको उत्तर–पश्चिम क्षेत्रमा रहेको २ वटा पोल्टी फार्ममा पालिएका हाँसमा बर्ड फ्लु देखिएको स्वास्थ्य सेवा विभागले जनाएको छ। विभागका अनुसार धर्मस्थली क्षेत्रमा रहेको २ पोल्ट्री फर्ममा पालिएको हाँसमा बर्ड फ्लु भेटिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. केदार सेन्चुरीले जनकारी दिनुभयो।

बर्ड फ्लु देखिएपछि राजधानीमा सर्तकता अपनाइएको छ। राजधानीबाहिरबाट काठमाडौं भित्रिने र राजधानीका वरिपरि पालिएका फार्मबाट हाँस नउठाउन पनि सरकारले निर्देशन दिएको छ।

आज शुक्रबारबाट राजधानीका सबै पोल्टी फार्ममा र्यापिट रेस्पोन्स टिम बनाएर पठाउने तयारी गरेको कृषि मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयले पशुसेवा विभागलाई तयारी अवस्थामा रहन पनि निर्देशन दिएको छ।