ट्रम्प – किम वार्ता रद्ध

0
Shares

वासिंगटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोंग उनसंगको पुर्व निर्धारित शिखर वार्ता रद्ध गरेको घोषणा गरेका छन् । उनले उत्तर कोरियाको एउटा पछिल्लो विज्ञप्ति प्रति साह«ै रिस उठेर आफुले यो निर्णय गरेका बताएका छन् । सो ऐतिहासिक वार्ता आगामी १२ जुनमा सिंगारपुरमा हुने तय गरिएको थियो । किमलाई पठाइएको एक पत्रमा ट्रम्पले आफुले कुनै दिन उनीसंग भेट्ने आफ्नो ठूलो अभिलाषा रहेको उल्लेख गरेका छन् ।