प्रदर्शनमा ९ मारिए

0
Shares

नयाँदिल्ली, (एजेन्सी)
दक्षिणी भारतीय शहर तमिलनाडुमा मंगलबार तामा पगाल्ने विषयलाई लिएर प्रहरी र प्रदर्शनकारीबीच भएको भिडन्तमा ९ जनाको ज्यान गएको छ। स्थानीय बासिन्दाले तामा पगाल्ने कामका कारण वातावरणमा क्षति पुग्ने भन्दै प्रदर्शन गरेका थिए। बन्दरगाह शहर टुटीकोरिनमा महिनौंदेखि तामा पगाल्ने काम हुँदै आएको थियो। प्रदर्शनकारीहरूको ठूलो भिड जिल्ला सरकारी मुख्यालयमा जबरजस्ती प्रवेश गर्न खोजेपछि तिनीहरूको प्रहरीसँग भिडन्त चर्केको थियो। प्रहरीले प्रदर्शनकारीले ढुंगामुढा गर्दै सवारी साधन जलाउन थालेपछि बल प्रयोग गरेको बताएको छ।