धादिङको धुनीवेसीस्थित इँट्टा उद्योगमा वम विस्फोट

0
Shares

नेपाल समाचारपत्र, मलेखु ।
धादिङको धुनीबेसी नगरपालिका–३ को जीवनपुर इँट्टा उद्योगमा सोमबार अज्ञात समूहले विस्फोट गराएको छ ।

बम विस्फोटका कारण इँट्टा उद्योगको चिम्नी, जेनेरेटर, ट्र्याक्टरलगायतको सामग्रीमा क्षति पुग्दा रु ६ लाख बराबरको नोक्सानी भएको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक जीवन निरौलाले बताए ।

घटनाको अनुसन्धान भइरहेको र उद्योगमा विस्फोट गराउनेको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।