नेपाल समाचारपत्र, काठमाडौँ ।
सर्वोच्च अदालतले समयमा उडान नभर्ने वायुसेवा कम्पनीलाई उचीत कारवाही सहित क्षतिपूर्ति भराउन आदेश दिएको छ ।
सञ्चारकर्मी घमराज लुइटेलले दिएको उजुरीमा यसमा तीन वर्षअघि नै फैसला भएको थियो तर, पूर्णपाठ भर्खरै प्रस्तुत गरिएको छ । समयमा उडान नगर्ने अन्तरिक वायुसेवा कम्पनीहरु बानी नै भइसकेको थियो तर यस्तो अब नरहने भएको छ । अब भने मौसमले साथ दिएन , ट्राफिकको कारण देखाँउदै घन्टौंसम्म विमानस्थलमा कुरेर बस्नुपर्ने बाध्यता हट्ने भएको छ ।
यसका साथसाथै उडानमा ढिलाई भएकोमा क्षतिपूर्ति दावी गर्दै लुइटेलले यति एयरलाइन्सविरुद्ध २८ चैत २०६३ मा काठमाडौं जिल्ला अदालतको क्षतिपूर्ति समितिमा उजुरी दिएका थिए ।
उनले उडानमा भएको ढिलाइले आफूलाई नोक्सानी परेको उल्लेख गर्दै एक लाख २६ हजार क्षतिपूर्तिको माग समेत गरेका थिए ।











प्रतिक्रिया