पोखरीमा डुबेर एकैपटक चार बालिकाको मृत्यु

0
Shares

नेपाल समाचारपत्र, बुटबल ।
रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका– ११ मा पोखरीमा डुबेर एकैपटक चार बालिकाको मृत्यु भएको छ । नौखनिया पोखरीमा नुहाउन गएका बालिकाहरुको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा ९ वर्षीया अविदा खातुन, १० वर्षकी साहिमा खातुन र मुदिना खातुन र १४ वर्षीय साहिया खातुन र अविदा खातुन रहेका छन् ।

मृतक बालिकाहरुलाई पोस्टमार्टमका लागि भैरहवा ल्याउने तयारी भएको प्रहरीले जनाएको छ ।