दमक । झापाको दमकमा बम बिस्फोट भएको छ । दमक नगरपालिका वडा नं ७ का वडाअध्यक्ष भिम प्रसाद पौडेलको घरमा बम बिस्फोट भएको हो ।
बिस्फोटमा परी २ जना स्थानीय घाईते भएका छन् । दमक ८ निवासी स्यामु राई र त्रिलोचन पोखरेल घाइते भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । घाइतेहरुको दमकस्थित लाईफ लाईन अस्पतालमा उपचार भइरहेको छ ।
बम कस्ले र किन बिस्फोट गराएको हो भन्ने अहिले नै खुल्न नसकेको र अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय दमकका डीएसपी दिपक गीरीले जानकारी दिए ।











प्रतिक्रिया