काठमाडौ । मकालु एयरको बुधबार बिहानदेखि सम्पर्कविहीन बनेको कार्गो विमान हुम्लाको खार्पुनाथ गाउँपालिका २ र ३ को सीमाना पर्ने बाउन खर्कमा भेटिएको छ ।
उद्दारको लागि गएको माउन्टेन हेलिकप्टरले दुर्घटनास्थल फेला पारेको हो । दुर्घटनास्थलमा सेना र प्रहरीको उद्धार टोली पुगिसकेको छ ।
प्रहरीले गोठालालाई उद्त गर्दै एक जनाको शव फेला परेको जानकारी दिएको छ। तर शवको पहिचान भइसकेको छैन।
त्रिभुवन विमानस्थलका प्रबन्धक विनोद पन्तले पनि बाजुरा र हुम्लाको सीमानामा जहाज भेट्टिएको अपुष्ट सूचना आएको जानकारी दिनुभएको छ ।
बाजुराका प्रमुख जिल्ला अधिकारी चेतराज बरालले पनि विमान हुम्लाकोअदानचुली ५ हिला चौर आसपासमा दुर्घटना भएको हुनसक्ने बताउनु भएको छ ।











प्रतिक्रिया