हराएको मकालु एयरको विमान दुर्घटनाग्रस्त

0
Shares

काठमाडौं । सुर्खेतदेखि हुम्लाको सिमिकोटका लागि उडेको विमान हुम्लामा भेटिएको छ । आज विहान ६ बजेर १२ मिनेटमा उडेको विमान हेलिकप्टरमार्फत खोजी गर्दा भेटिएको हो ।

हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलका अनुसार विमान खोजीका लागि खटिएको टोलीले खार्कोनाथ गाउँपालिकाको बाहुनखर्कमा विमान फेला पारेको हो ।

उहाँका अनुसार विमान दुर्घटना भएको अवस्थामा भेटिएको हो । विमानमा रहेका चालकदलका सदस्य मध्ये पाईलट वा को पाईलट कसको मृत्यु भएको हो भन्ने पहिचान हुन सकेको छैन् । एक जना अझै वेपत्ता छन् । खोजीका लागि परिचालित गरिएको प्रहरी टोली घटना स्थल पुगिसकेको छ ।