काठमाडौं । सुर्खेतबाट हुम्ला सदरमुकाम सिमकोट उडेको मकालु एयरको कार्गो जहाज अझै सम्पर्कविहीन भएको त्रिभुवन विमानस्थलले जनाएको छ । यसअघि ९ एनएजेयु कलसाइन भएको सो कार्गो विमान बाजुरामा आकस्मिक अवतरण गरिएको सूचना सुर्खेत विमानस्थलले दिएको थियो । तर, सो सूचना गलत भएको त्रिभुवन विमानस्थलको भनाइ छ ।
विमानमा पाइलट किरण भट्टराई र को–पाइलट आदित्य नेपाली थिए । सो विमान नौ सिटे रहेको बताइएको छ । प्रहरीले विमान खोज्ने कार्य जारी रहेको बताएको छ । हराइरहेको विमान खोज्न माउन्टेन हेलिकोप्टर पठाइएको छ । प्रहरीका अनुसार विमान बाजुरा र कालिकोट सीमामा हराइरहेको बुझिएको छ ।











प्रतिक्रिया