काठमाडौं । मकालु एयरको सम्पर्कविहीन विमान बाजुरामा भेटिएको छ ।
सर्खेतबाट सिमिकोटका लागि उडेर सम्पर्कविहीन विमान केहीबेरअघि बाजुराको बगरमा भेटिएको त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए ।
क्षेत्रीका अनुसार, चालक दलका दुवै सदस्य सकुशल छन् । विमानमा कार्गो सामान र चालक दलका दुई सदस्य मात्रै थिए ।
सुर्खेतबाट बुधबार बिहान कार्गो सामान लिएर उडेको विमान सम्पर्कविहीन भएको थियो । सम्पर्कविहीन भएको केही समयपछि विमानले बाजुराको बगरमा आपतकालीन अवतरण गरेको हो ।











प्रतिक्रिया