सुर्खेतबाट हुम्ला सदरमुकाम सिमकोट उडेको मकालु एयरको जहाज सम्पर्कविहीन

0
Shares

काठमाडौं। सुर्खेतबाट हुम्ला सदरमुकाम सिमकोट उडेको मकालु एयरको जहाज सम्पर्कविहीन भएको छ ।

बुधबार बिहान ६ बजेर १२ मिनेटमा सुर्खेत विमानस्थलबाट उडेको उक्त जहाज अहिलेसम्म सम्पर्कमा नआएको त्रिभुवन विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिएका छन् । हराइरहेको जहाज खोज्न सुर्खेतबाट हेलिकप्टर पठाइएको छ ।

९ एनएजेयु कलसाइन भएको उक्त जहाजमा चालक दलका दुई सदस्य मात्रै थिए । क्याप्टेन किरण भट्टराई थिए । सो विमान नौ सिटे रहेको बताइएको छ ।