काठमाडौं । इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ईडीभी) २०१९ को नतिजा आएको छ । अमेरिकी सरकारले सन् २०१९ लागि भराएको डीभी चिठ्ठाको नतिजा केहीबेरअघि प्रकाशित गरेको हो ।
यदि तपार्इँले अमेरिका जानका लागि डीभी चिठ्ठा भरेको भएमा परे या नपरेको थाहा पाउनका लागि अमेरिकी सरकारको वेबसाइटबाट नतिजा थाहा पाउन सकिन्छ ।
तपार्इँले डीभी लोटरी भरेको भए आफ्नो नतिजा थाहा पाउनका लागि डीभी चिठ्ठा भर्ने क्रममा प्राप्त नम्बर, थर र जन्म मिति आवश्यक हुन्छ । नेपालस्थित अमेरिकी दुतावासले डीभी चिठ्ठा परे-नपरेको हेर्ने एउटै विधि अमेरिकी सरकारको वेबसाइटमा ‘कन्फर्मेसन नम्बर’ हालेपछि थाहा पाउने मात्रै रहेको जनाएको छ ।











प्रतिक्रिया