धादिङ । धादिङको धुनिबेशी नगरपालिकाककोे चालिसे बजारमा भारतीय नम्बर प्लेटका दुईवटा ट्रकमा आगजनी भएको छ । आइतबार बिहान २० चक्के ट्रकमा अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको छ ।
आगलागीबाट आर जे ४२ जी ए ५०२१ र आर जे ४२ जी ए ०७५६ नम्बर प्लेटको ट्रक पूर्णरुपमा क्षतीग्रस्त भएका छन् ।
बजार क्षेत्रमै आगो लागेपछि स्थानीयबासी त्रसित भएका छन् । नेपाल प्रहरी र स्थानीयबासीले आगो नियन्त्रणको प्रयास जारी राखेका छन् । आगो निभाउन काठमाडौंबाट दमकल मगाइएको छ ।











प्रतिक्रिया