काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो नागरिक अभिनन्दन पुरै भारतको भएको टिप्पणी गरेका छन् ।
काठमाडौं महानगरपालिकाले आयोजना गरेको आज आयोजित नागरिक अभिनन्दन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले नागरिक अभिनन्दन, ‘मेरो मात्र होइन पुरै भारतको सम्मान हो । सवा करोड भारतीय कृतज्ञ छन्’ भनेका छन ।
काठमाडौंसँग भारतीयको अपनत्वको सम्बन्ध रहेको र यो शौभाग्य आफूलाई पनि प्राप्त भएको उनले बताएका छन ।
मोदीले आफूलाई भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी समेत जान मन लागेको पनि बताएका छन् ।
‘पशुपति, मुक्तिनाथ र जनकपुरधाम जान पाउँदा खुसी लाग्यो,’ मोदीले भने, ‘अब समय मिल्यो भने भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा समेत जान मन छ ।’











प्रतिक्रिया