काठमाडाैँ । नेपालकाे दुर्इ दिने राजकीय भ्रमणमा अाउनु भएका भारतीय प्रधानमन्त्री नरेन्द्र माेदी राजनीतिक भेटमा ब्यस्त हुनुहुन्छ । माेदी अहिले काठमाडाैँकाे चुच्चेपाटीस्थित हाेटल ह्यातमा बिभिन्न राजनीतिक दलका नेताहरूसँग भेटवार्त गर्दै हुनुहुन्छ ।
सनिबार बिहान मुक्तिनाथकाे दर्शन गरेर फर्किएपछि पशुपतिनाथ मन्दिरमा विशेष पूजाअाज गरेपछि माेदीले राजनीतिक भेटवार्तालार्इ तिब्रता दिनुभएकाे हाे ।
केहीबेरमा माेदीलार्इ काठमाडाैँ महानगरले पनि नागरिक अभिनन्दन गर्ने र महानगरकाे चाबी हस्तान्तरण गर्ने कार्यक्रम रहेकाे छ ।
शुक्रबार भारतीय सेनाकाे बिशेष बिमानमा जनकपुर भ्रमणमा अाउनुभएका माेदी अाज साँझ स्वदेश फर्किने कार्यक्रम रहेकाे बताइएकाे छ ।











प्रतिक्रिया