काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फेरि एक पटक पशुपतिनाथको दर्शन गर्न पाउँदा खुसी लागेको बताएका छन् । उनले पशुपतिनाथको मन्दिर भारत र नेपालका हिन्दु धर्मावलम्बीको साझा धार्मिक विरासतको प्रतिक भएको बताएका छन् ।
पशुपतिनाथको दर्शनपछि राखिएको आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्दै मोदीले आफ्नो दर्शनको व्यवस्थापन मिलाउने पशुपति क्षेत्र विकास कोष र नेपाल सरकारप्रति आभार समेत व्यक्त गरेका छन् ।
उनले मन्दिर परिसरमा भारतीय सहयोगमा बनिरहेको धर्मशालाबाट श्रद्धालुलाई सुविधा मिल्ने विश्वास पनि व्यक्त गरेका छन् ।











प्रतिक्रिया