काठमाडौं । मोदीसँगको भेटका लागि पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल अहिले होटल हायत पुगेका छन्।
शुक्रबार साँझ पूर्वप्रधानमन्त्रीहरूसँग सामूहिक भेटवार्ता गरेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज विभिन्न राजनीतिक दलका नेतालाई छुट्टाछुट्टै भेट्ने भएका हुन्। राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो पनि भेटका लागि हायत पुगेका छन्।
राजनीतिक भेटघाटपछि मोदी काठमाडौं महानगरपालिकाले गर्ने नागरिक अभिनन्दनमा सहभागी हुनेछन्। उनी आजै स्वदेश फर्कने कार्यक्रम छ।











प्रतिक्रिया