काठमाडौँ । दुई दिने औपचारिक भ्रमणको सिलसिलामा शुक्रबार नेपाल आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विरोधमा सामाजिक सञ्जाल प्रयोग गर्नेमाथि सरकारले एक्सन’ लिने भएको छ ।
मोदीविरुद्ध सामाजिक सञ्जालमा चर्को विरोध हुन थालेपछी सुरक्षा निकायले सञ्जाल प्रयोगकर्तामाथि निगरानी बढाएको हो । अकारण नेपालमाथि नाकाबन्दी लगाएका मोदीलाई नागरिक अभिनन्दन गर्न लागिएको भन्दै सामाजिक सञ्जालमा विरोध जारी छ । प्रधानमन्त्री र गृह मन्त्रीको आदेशमा प्रहरीले सामाजिक सञ्जाल प्रयोगकर्ताहरुको निगरानी बढाएको हो ।
‘महामहिम भारतीय प्रधानमन्त्रीको विरोधमा सामाजिक सञ्जालमा जथाभावी लेख्नेहरुको निगरानी भइरहेको छ’, नेपाल प्रहरीका एक उच्च अधिकारीले भने, ‘माथिबाट आवश्यक परे पक्राउ गरेर मुद्दा चलाउने सम्मको आदेश आएको छ ।’
मोदीको प्रदेश २ को राजधानी जनकपुर र काठमाण्डुमा नागरिक अभिनन्दन हुँदैछ । मोदी र उनको टोली शुक्रबार बिहान १०ः३० बजे तीनवटा विशेष जहाजमार्फत जनकपुर आउने छ । जनकपुरमा अभिनन्दन थापेर मोदी शुक्रबारै काठमाडौँ आउने छन् ।











प्रतिक्रिया