बलास्टिङ गर्दा ढुंगा खसेर दुईजनाको मृत्यु

0
Shares

जाजरकोट । जाजारकोट–डोल्पा मोटर सडक अन्तरगत त्रिपुराकोट सडकखण्डको सिउडेनीको चिप्ले ढुंगा खसेर लाग्दा २ जानको मृत्यु भएको छ ।

ढुंगा लागेर १ जना गम्भीर घाइते भएका छन् । मंगलबार त्रिपुरा सुन्दरी नगरपालिका वडा न ६ अन्तरगत पर्ने चिप्ले चिरमा नेपाली सेनाले बलास्टिङ्ग गरेको केही समयपछि भिरमा काम गर्ने क्रममा माथिबाट खसेको ढुंगा लागेर दुईजनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा आठवीसकोट नगरपालिका वडा नं. १० का देवबहादुर चन्द, सोही नगरपालिका वडा नं. १२ का अमृत राणाको मृत्यु भएको प्रहरीले जनाएको छ । ढुंगा लागेर आठवीसकोट नगरपालिकाका सत्यबहादुर शाही गम्भीर घाइते भएका छन् ।