महासमितिमा पनि देउवाकै बर्चस्व

0
Shares

रामकृष्ण चापागाईं, काठमाडौं । चर्को विरोधका बाबजुत पनि १४ दिन लामो बसेको केन्द्रिय समिति बैठकबाट सहजै निस्कनु भएको काग्रेस सभापति शेरवहादुर देउवाले अब जेठ अन्तिम साता हुने जिल्ला सभापतिहरुको राष्ट्रिय भेला र भादौमा हुने महासमिति बैठकमा चर्को आलोचना खेप्नु पर्ने छ ।

आन्तरीक गुट उपगुटमा विभाजित नेपाली काग्रेस भित्र स्थानीय, प्रान्तिय र संघीय तीनै तहको निर्वाचनमा लज्जासपद हार व्यहोरेपछि नेतृत्वको सभापति शेरवहादुर देउवाको क्षमता र कार्यशैली माथि प्रश्न चिन्ह उठाउदै चर्को आलोचना गरेपनि निर्णय भने सभापति देउवा विरुद्ध हुन सकेको छैन । सभापति देउवाले दुईवर्ष पछि भएपनि पदाधिकारी मनोनयन सहज ढंगले अनुमोदन गराउनु भएको छ । केन्द्रिय समितिमा सभापति देउवा पक्षको बहुमत छ ।

जिल्ला सभापतिहरुको भेलामा पनि केन्द्रिय नेतृत्वको चर्को आलोचना हुने भएपनि पार्टी नेतृत्वको विरुद्ध निर्णय हुने सम्भावना देखिदैन् । जिल्ला सभापतिहरुमा पनि सभापति देउवा पक्षकै बहुमत छ । जिल्ला सभापतिहरुको भेलाले पार्टी विधान संशोधनको मस्यौदा तयार पार्नुका साथै पार्टीको संगठनात्मक संरचना, सदस्यताको प्रकृति, पार्टीभित्रको निर्वाचन प्रणाली, मूल्याङ्कन पद्धति र संगठनात्मक व्यवस्थासम्बन्धी ठोस प्रस्ताव तयार पार्ने काभ्रे जिल्ला सभापति मधुप्रसाद आचार्यले बताउनु भएको छ ।

केन्द्रिय समिति भन्दा माथिल्लो निकायको रुपमा रहेको महासमिति बैठकमा पार्टीभित्रको आन्तरीक विवाद छताछुल्ल हुने भएपनि महासमितिमा प्रस्तुत हुने एजेण्डा र निर्णय भने संस्थापन पक्ष विरुद्ध नहुने देउवा निकट केन्द्रिय सदस्यले बताएका छन् । जिल्ला सभापति भेला एवं गाउ र नगरपालिका तहसम्मको पार्टीको सांगठनीक संरचना तथा भातृ र शुभेच्छुक संस्थाहरु मार्फत राय सुझाव संकलन गरी पार्टीको विधानलाई आवश्यक परिमार्जन एवं संशोधन लगायत विषयमा निर्णय गर्न केन्द्रिय समितिले महासमितिको बैठक आयोजना गर्ने निर्णय गरेको हो ।

महासमिति सदस्य, केन्द्रिय सदस्य, जिल्ला सभापति तथा विदेशमा रहेका प्रतिनिधि समेत गरि करिब ३२ सय प्रतिनिधि सहभागि हुने महासमितिमा पनि सभापति देउवा पक्षको बहुमत छ । साथै महासमिति बैठकमा प्रस्तुत हुने एजेण्डा पनि केन्द्रिय समितिले तय गर्ने भएकोले पनि सभापति देउवा नडराएको उहा निकट केन्द्रिय सदस्यहरु बताउछन् । केन्द्रिय समितिमा पदाधिकारी मनोनयन गर्दा अनुमोदन गर्ने बेला विधान विपरित भनि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरका निर्वाचित केन्द्रिय सदस्यहरुले बैठक बहिस्कार गरेपनि सभापति देउवाले बहुमतबाट पदाधिकारी अनुमोदन गराउनु भएको थियो ।

कग्रेस भित्र सभापति शेरवहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला गुट छ । साथै प्रभावशाली नेताहरुको छुट्टाछुट्टै उपगुट पनि छ ।