आजको राशिफल

0
Shares

वि.स.२०७५ साल वैशाख २० गते । बिहिबार । ईश्वी सन् २०१८ मे ०३ तारिख । नेपाल सम्बत् ११३८ । बिरोधकृत् संवत्सर । उत्तरायणं । बसन्त ऋतु । श्रीशाके १९४० । ज्येष्ठ कृष्ण पक्ष । तिथि तृतीया ७ घडी ३९ पला,बिहान ०८ बजेर २९ मिनेट उप्रान्त चतुर्थी । योग परिध ०९ घडि ५७ पला,बिहान ०९ बजेर २४ मिनेट उप्रान्त शिव । करण भद्रा,विहान ८ बजेर २९ मिनेट उप्रान्त बव,बेलुकी ९ बजेर १६ मिनेट उप्रान्त वालव । आनन्दादिमा काल योग । चन्द्रराशि बृश्चिक,बेलुकी ७ बजेर २७ मिनेट उप्रान्त धनु । अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्रता दिवस।

काठमाडौंमा सूर्योदय ५ बजेर २५ मिनेट,सूर्यास्त बेलुका ६ बजेर ३८ मिनेट । दिनमान ३३ घडी ०१ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) शिक्षित तथा बौद्धिक ब्याक्तित्वहरु सँग सहभागि भई आफ्नो गतिलो प्रश्तुति पस्कने अवसर प्राप्त हुनेछ भने पढाई लेखाईमा भनेजस्तो नतिजा हात लाग्नेछ । परिवार तथा दिदिबहिनिको माध्याम बाट काम बन्नेछ । व्यापार व्यावसायमा लगानि बडाउँदा राम्रो प्रतिफल प्राप्त हुनेछ । आकस्मिक लाभ हुने तथा बाधा अवरोधहरु स्वत हटेर जानेछन् । माया प्रेममा सामिप्यता बढेर जानुका साथै भौतिक सम्पति तथा सवारि साधन प्राप्तिको योग रहेको छ । संकट ब्याबस्थापनका लागि चालिएका कदमबाट सार्थक नतिजा आउँने हुँनाले मन प्रशन्न रहनेछन् ।

शुभ अंक — २,५ शुभ दिशा — पुर्व

शुभ रंग — रातो कार्य सिद्धि मन्त्र — ॐ सिद्धिविनायकाय नम

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) व्यापार व्यावसायबाट प्रशस्त आम्दानि हुँने तथा उत्पादन उद्योगमा लगानि गरि आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । उत्तम बस्त्र, मन पर्ने भोजन तथा भौतिक सम्पति प्राप्तिको गतिलो योग रहेकोछ । माया प्रेममा एक अर्कालाई बिश्वास गर्दै अगाडि बढ्न सकिनेछ भने जीवन साथिको सहयोगले उपलब्धिमुलक कामहरु गर्न सकिनेछ । लामो दुरिको व्यावसायिक यात्रा हुँने प्रशस्त सम्भावना रहेकोछ । गुरुजनको सहयोगले अध्ययन अध्यापनमा प्रगति भएर जानेछ ।

शुभ अंक — २,६ शुभ दिशा — दक्षिण

शुभ रंग — सेतो कार्य सिद्धि मन्त्र — ॐ गृहलक्ष्म्यै नम

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) काममा अप्रत्यासित बाधा ब्याबधान आईलाग्ने तथा ठुलो श्रम खर्च गर्नुपर्ने हुन सक्छ ख्याल गर्नुहोला । समयको र कामको तालमेल नमिल्दा कामहरु समयमा सकाउँन मुस्किल पर्नेछ । अध्ययन अध्यापनमा खासै मन नजाने हुँदा पढाई लेखाईमा अरु भन्दा पछि परिनेछ । बौद्धिक ब्यात्तित्व तथा अग्रजहरुसँग सैद्धान्तिक मतभेद रहनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्याले पिरोल्नेछ । माया प्रेममा समय दिन नसक्दा आफ्नो प्रिय पात्र टाडिने तथा पति पत्नि बिच घरायसि कुरामा बिवाद बढ्न सक्छ ।

शुभ अंक — ३,९ शुभ दिशा — पश्चिम

शुभ रंग — निलो कार्य सिद्धि मन्त्र — ॐ नीलसरस्वत्यै नमः

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) बौद्धिक कार्यमा सहभागि भई बौद्धिक तथा प्राज्ञिक ब्यात्तित्व सामु गतिलो प्रश्तुति पस्कने अवसर प्राप्त हुनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा सकारात्मक नतिजा आउँने हुँनाले मन प्रशन्न हुनेछ । माया प्रेममा दिनभर रमाईलो गफ गर्दै समय ब्यातित गर्न सकिनेछ । साथिभाई तथा परिवारका सदस्यहरुबाट आर्थिक तथा भावनात्मक सहयोग हँुनेछ । सवारि साधन तथा भौतिक सम्पति लाभ हुँने तथा चिठ्ठा पर्ने योग रहेकोछ । व्यावसायबाट भनेजस्तो नाफा कमाउँन सकिने हुँनाले अन्य क्षेत्रमा पनि रुपैया पैसा लगानि गर्न आट आउँनेछ ।

शुभ अंक — ४,५ शुभ दिशा — दक्षिण

शुभ रंग — सेतो काय सिद्धि मन्त्र — ॐ सर्वबिद्याय नम

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) आफन्त तथा आमाबाट काममा सहयोग पाईने हुदा मन प्रशन्न हुनेछ । राजनिति तथा समाजसेवामा जनताको साथ तथा समर्थन पाईने हुदा पद प्राप्तीको गतिलो योग रहेकोछ । अध्ययन तथा अध्यापनमा बिगतमा देखिएका कमी कमजोरीहरुलाई सुधार गर्दै नतिजा आफैतिर ल्याउन सकिनेछ । माया प्रेममा दखिएका तित्तताहरु चिर्दै अगाडि बढ्न सकिनेछ । कृषि तथा पशुपालन व्यावसायमा लगानि गरि मनग्गे आम्दानि हुनेछ भने अन्य व्यावसायमा अलि बढि संघर्ष गर्नुपर्नेछ ।

शुभ अंक — ५,८ शुभ दिशा — पश्चिम

शुभ रंग — कफि कार्य सिद्धि मन्त्र — ॐ जटाधराय नम

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) दाजुभाई तथा छिमेकिसँग कुनैपनि कारोबार गर्दा ध्यान दिनुहोला बिवाद बढ्ने योग रहेकोछ । व्यापार व्यावसायमा लगानि गर्नको लागि केहि समय पर्खनुनै उचित हुनेछ । अन्धबिश्वासले मनमा गतिलो डेरा जमाउँने हुँदा मनोबल कमजोर रहनेछ । छोटो दुरिको व्यावसायिक यात्रा हुँने भएपनि उपलब्धिभने न्यून हुनेछ । पढाई लेखाईमा ध्यान नदिदा प्रतिश्पर्धिहरु हावि हुनेछन् भने शिक्षा क्षेत्रमा गरिएको लगानिबाट थोरै कमाईमा चित्त बुझाउँनु पर्नेछ । बाहिरि बाताबरण तथा खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या देखिन सक्छ ।

शुभ अंक — ३,६ शुभ दिशा — उत्तर

शुभ रंग — हरियो कार्य सिद्धि मन्त्र — ॐ घोररुपाय नम

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) बोलिको प्रभाब बढ्नुको साथै तपाईबाट महत्वपुर्ण तथा दुरगामि निर्णयहरु हुनेछन् । समाज तथा छिमेकीहरु तपाईको प्रतिष्ठित काम देखेर खुसि हुनेछन् । गित संगित तथा कला साहित्यमा समय लगानि गर्नेहरुका लागि आजको दिन उत्तम रहेको छ । पारिवारिक जमघटमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर मिल्नेछ । कुटुम्ब सँगको सम्बन्धमा नयाँ आयामको बिकास हुनेछ । बिद्या तथा प्रतिश्पर्धामा अरुलाई हराई नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । व्यापार व्यावसायमा सोचेजस्तै आम्दानि हुनेछ भने नयाँ नयाँ कामको प्रश्ताब आउँनेछ ।

शुभ अंक — ४,७ शुभ दिशा — पश्चिम

शुभ रंग — सेतो कार्य सिद्धि मन्त्र — ॐ शुं शुक्राय

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) तपाईको बिरुद्ध नकारात्मक कैचि चलाउनेहरु आफै किनारा लाग्नेछन् । कुनै प्रतिष्पर्धामा प्रतिष्पर्धिहरुलाई पछि छोड्दै तपाईनै अग्र स्थानमा आउनु हुनेछ । राजनिति तथा समाजसेवामा लामो समय देखि समय दिनुहएकोछ भने पद प्राप्तीको गतिलो योग रहेकोछ । नया प्रकृतिका बिलाशी तथा फेन्सि सामानको प्रयोग मार्फत अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ । पुराना साथि भेटिने तथा प्रेम प्रसङगमा दिन खोलेर रमाउन सकिनेछ । प्राबृधिक शिक्षामा खोज तथा अनुशन्धानमा समय खर्चिने हरुले उत्कृष्ट नतिजा हात लगाउनु हुनेछ ।

शुभ अंक — २,९ शुभ दिशा — उत्तर

शुभ रंग — रातो कार्य सिद्धि मन्त्र — ॐ लम्बोदराय नम

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) बैदेशिक क्षेत्रसँग सम्बन्धित व्यापार व्यावसाय फस्टायर जानेछ भने बिदेशमा बसेर काम गर्नेहरुका लागि आजको दिन फलदायि रहनेछ । लामो दुरिको यात्राको अधिक सम्भावना रहेको छ । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउँन सक्छ खानपानमा ध्यान दिनुहोला । जुझारु साथिहरुको संगतले नयाँ कुराको खोज तथा अनुशन्धान गर्ने जागर आउँनेछ । बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई हराउँदै चाहेको गन्तब्यमा पुग्न सकिनेछ । शुभ तथा मांगलिक सभा समारोहमा सहभागि भई स्वादिष्ट भोजनका साथ दिन कटाउँन सकिने हुँदा मन प्रशन्न रहनेछ ।

शुभ अंक —३,९ शुभ दिशा — पुर्व

शुभ रंग — सुन्तला कार्य सिद्धि मन्त्र — ॐ शशिशेखराय नम

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) व्यापार व्यावसाय फस्टाएर जानेछ भने प्रयत्न गर्दा पुराना बाकि रहेको रुपैया पैसा उठ्नेछ । एक साथ अनेक काम गरि आम्दानि बढाउँन सकिनेछ । दाजुभाईको सहयोगले उत्पादनमुखि कामहरु गर्न सकिनेछ भने शिक्षा क्षेत्रसँग सम्बन्धित क्षेत्रबाट आयस्रोतमा बृद्धि हुनेछ । भौतिक बस्तु तथा स्थाई सम्पति प्राप्तीको योगलाई नकार्न सकिदैन । सानो लगानि गरि काटिने चिठ्ठाबाट नसोचेका धन प्राप्त हुँने योग रहेकोछ । घरायसि स्रोत साधनको परिचालन गर्न सकिने तथा त्यस्ता साधनको य्रयोेग गर्दा भबिष्यमा आम्दानि बढ्नेछ । पढाई लेखाईमा मन जानेछ भने माया प्रेममा नजिक हुँने समय रहेकोछ ।

शुभ अंक — २,४ शुभ दिशा — उत्तर

शुभ रंग — हरियो कार्य सिद्धि मन्त्र — ॐ कालभैरवाय नम

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) अवसरवादीहरुले हर तरह फसाउन खोज्नेछन् ख्याल गर्नुहोला । सरकारि तथा प्रशासनिक क्षेत्रमा काम गर्दा सजक रहनुहोला तपाईको खुट्टा तान्नेहरु सक्रिय रहनेछन् । नितिनिर्माण तहमा महत्वपुर्ण भुमिका निर्बाह गर्नुपरे पनि बिपक्षहरु बाट आलोचनाको शिकार होईनेछ । व्यापार व्यावसायमा नाफा कमाउन निकै संघर्ष गर्नुपर्नेछ । पढाई लेखाईमा ध्यान नजादा नतिजा अरुकै पोल्टोमा पर्नेछ । आर्थिक ब्याबस्थापनका कुनै योजना भए आजको दिन सार्वजनिक नगर्नु नै राम्रो हुनेछ । घर परिवार तथा आफन्तबाटनै सहयोग तथा समर्थन नपाईने हुँदा कामगर्न असजिलो हुनेछ ।

शुभ अंक — २,५ शुभ दिशा — पुर्व

शुभ रंग — निलो कार्य सिद्धि मन्त्र — ॐ शं शनैश्चराय नम

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) राजनिति तथा समाजसेवामा जनताको गतिलो साथ तथा समर्थन पाईनेछ भने समाजमा तारिफयोग्ग काम गरि नाम कमाउँन सकिनेछ । पुराना तथा थाति रहेका कामहरु सम्पादन हुँने हुँनाले दैनिकी सहज रुपमा अगाडि बढ्नेछ । सानो प्रयत्नले ठुलो कामहरु बन्नेछन् भने सरकारि तथा प्रशासनिक कामहरु समयमा बन्नेछन् । धर्म सस्कृति तथा धार्मिक कार्यमा मन जाने हुँनाले धार्मिक प्रतिष्ठानतिरको यात्रा गर्न सकिनेछ । पढाई लेखाईमा भनजस्तो सफलता हात लाग्नेछ भने नतिजा आफैतिर ल्याउँन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ ।

शुभ अंक — ४,६ शुभ दिशा — दक्षिण

शुभ रंग — सुन्तला कार्य सिद्धि मन्त्र — ॐ शितिकण्ठाय नम

तपाईको दिन शुभ रहोस् ।