दुई युवतीलाई करणी प्रयास गर्दा कानुन व्यवसायी नै पक्राउ

0
Shares

चितवन । भरतपुर महानगरपालिका–१० बस्ने कानुन व्यवसायी प्रकाश भट्टराई करणीको प्रयास अभियोगमा बुधबार पक्राउ परेका छन् ।

भट्टराईले १२ कक्षामा पढ्दै गरेका दुई युवतीलाई करणीको प्रयास गरेपछि पक्राउ गरिएकाे प्रहरी उपरीक्षक दीपक थापाले बताउनुभयाे ।

पीडित युवतीले आफूलाई टेलिफोन गरी घटनाको जानकारी गराएको र पछि लिखित निवेदन दिएपछि भट्टराईलाई पक्राउ गरिएकाे उपनिरीक्षक थापाले जानकारी गराउनु भयो

प्रहरी उपरीक्षक थापाका अनुसार भट्टराईलाई जबरर्जस्ती करणी मुद्दा दर्ता गर्न बुधबार म्याद थप गरिएको छ । भट्टराई जिल्ला अदालत बार एशोसिएशनका साधारण सदस्य हुन् ।