एजेन्सी । बलिउड अभिनेत्री सोनम कपुर विवाह बन्धनमा बाधिँने भएकी छिन् । आफ्नो प्रेमी आनन्द अहुजासँग सोनमले विहे गर्न लागेकी हुन् ।
सोनम र आनन्दको विवाह यही मे ८ तारिखका दिन मुम्बईमा हुने परिवारले जनाएका छन् । सोनमको विवाहको भव्य तयारीका लागि कपुर परिवार यतिबेला व्यस्त रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
३२ वर्षीया यी अभिनेत्री र आनन्द केही वर्षअघि देखि प्रेम सम्बन्धमा थिए । विभिन्न कार्यक्रमहरुमा सोनम र आनन्दलाई सँगै देखिएपनि उनीहरुले सम्बन्धबारे आधिकारिक धारणा दिएका थिएनन् ।











प्रतिक्रिया