फेसबुकले अब जोडी पनि खोजिदिने !

0
Shares

एजेन्सी । फेसबुकका सिइओ मार्क जुकरवर्गले आफ्नो कम्पनीले चाँडै नै डेटिङ एप ल्याउने घोषणा गरेका छन् । उनको यो घोषणासँगै अन्य जोडी बाँध्ने सेवा प्रदान गरिरहेका कम्पनीहरुको सेयरमा उल्लेख्य गिरावट आएको छ ।

फेसबुकको यो सेवाले टिन्डरजस्ता लोकप्रिय सेवासँग प्रतिस्पर्धा गर्नेछ । ‘फेसबुकमा आफूलाई सिंगल बताउने २० करोड मानिस छन्,’ जुकरवर्गले भने, ‘र हामी अर्थपूर्ण सम्बन्ध निर्माणका लागि प्रतिबद्ध छौँ ।

त्यसैले सबैभन्दा अर्थपूर्ण कार्य सायद यही हुनसक्छ ।’ उनको यो घोषणासँगै टिन्डरको प्यारेन्ट कम्पनी म्याच ग्रुपको सेयरमा २२ प्रतिशत गिरावट आएको छ ।

भर्खरै क्याम्ब्रिज एनालाइटिका स्क्याण्डलको नामले परिचित तथ्यांक चुहावटसम्बन्धी विवादले घेरिएका जुकरवर्गले आफ्नो मुख्य प्राथमिकता प्रयोगकर्ताको तथ्यांक सुरक्षा गर्नु रहेको बताए ।