काठमाडौं । प्रख्यात स्नायु विशेषज्ञ डा. उपेन्द्र देवकोटालाई नेपाल ल्याइएको छ । बेलायतस्थित किङ्स कलेज हस्पिटलमा पाँच महिना लामो उपचारपछि उनलाई नेपाल ल्याइएको हो ।
उनको अहिले बाँसबारीस्थित न्यूरो अस्पतालमा थप उपचार भइरहेको छ । बाँकी उपचार नेपालमै गराउने इच्छा अनुसार डा. देवकोटालाई तीन दिनअघि नेपाल ल्याइएको बुझिएको छ ।
अहिले उनको स्वास्थ्य स्थिति स्थिर रहेको अस्पतालले जनाएको छ । ‘डा। देवकोटाको उपचार यसै अस्पतालमा सघन रुपमा चलिरहेको छ,’ अस्पतालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
गत मंसिर १०मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा बाम गठबन्धनका तर्फबाट उम्मेद्वार बनेका नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई जिताउन गोरखा पुगेर चुनाव प्रचारप्रसारमा व्यस्त हुनेक्रममा बिरामी परेपछि उनलाई बेलायत लगिएको थियो ।
उनलाई लागेको रोगको विषयमा विज्ञप्तिमा केही पनि उल्लेख छैन ।











प्रतिक्रिया