यमलाल भुसाल, बुटवल । नेपाली कांग्रेसका नेता तथा पुर्व मन्त्री डा. मिनेन्द्र रिजालले छिमेकी राष्ट्रसंगको सम्बन्ध राम्रो र सुमधुर नभए नेपाल र नेपाली जनताले दुख पाउने बताउनु भएको छ ।
नेपालसंग सीमा जोडिएका भारत र चिन दुवै शक्तिशाली राष्ट्र भएकाले दुबै देशसंग नेपालको सम्बन्ध सुमधुर र प्रगाढ हुनु पर्नेमा नेता रिजालले जोड दिनु भयो । दुनियामा सबैले चिनेका देशका बिचमा हामीछौं,सम्बन्ध राम्रो नभए दुख यीनीले पाउदैनन्, हामीले पाउछौं ।’
रिपोर्टर्स क्वल नेपाल ५ नम्बर प्रदेशद्धारा मंगलवार बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा नेता रिजालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अरुलाई धम्काउने, तस्राउने भन्दा पनि काम गरेर देखाउन आह्वान गर्नु भयो ।
‘म मात्र ठीक छु, अरु कोही पनि ठीक छैनन । अन्तिम सत्य मैले देखेको छु, अरुले देखेको छैन । अरु सब गलत हुन’ भन्ने प्रधानमन्त्रीको सोचमा समस्या रहेको बताउदै उहाँले यति ठूलो बहुमत हुनेले गफ गर्ने होइन, काम गरेर देखाउनुस् चेतावनी दिनु भयो ।
सरकारले पेल्ने,थिचोमिचो गर्ने गरेको भन्दै कम्युनिष्ठ सत्तालाइ लोकतन्त्रको बाटोमा हिडाउन कांग्रेसको भूमिका महत्वपुर्ण रहने उनको भनाइ थियो ।











प्रतिक्रिया