नेपाल समाचारपत्र, विराटनगर ।
झापाको भद्रपुरबाट काठमाडौं जादै गरेको बा ४ख ६९१९ नम्बरको माइक्रो बस सोमबार मोरङको सुन्दरहरैचा ठडीया चौकमा र्दुघटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा १० जना घाइते भएका छन । तिव्र गतिमा रहेको माइक्रो अनियन्त्रित भई रुखमा ठोक्किदा सोही माइक्रोमा सवार झापा भद्रपुर १५की ५१वर्षिया उमा निरौला सोही ठाउँकी ५२ वर्षिय श्याम कार्कीको उपचारका लागि विराटनगर तर्फ ल्याउदै गर्दा बाटोमै मृत्यु भएको हो ।

दुर्घटनमा परि घाईते भएका माइक्रो चालक दमक ५का धिरज न्यौपाने र सहचालक धनुषाका दिपक पाण्डे लगायतका अन्य घाइतेहरुको विराटनगरको गोल्डेन अस्पताल, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठान धरान र इटहरीको सामुदायिक अस्पतालमा उपचार भई रहेको जनाइएको छ ।

पानी परिरहेको समयमा तिव्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया