नेपाल समाचारपत्र, बुटबल ।
लुम्बिनीमा करिब पाँच हजार मानिस अट्न सक्ने क्षमताको आधुनिक सभा हलको शिल्न्यास गरिएको छ । सोमबार प्रधानमन्त्री केपी ओलीसमेतको उपस्थितिमा राष्ट्रपति विद्यादेवी भण्डारीले शिलन्यास गरेकी हुन । सुम्बिनी विकास कोषका अनुसार यस सभाहल एशियाकै नमूना सभाहको रुपमा परिचीत हुने बताइएको छ ।
केहि दिन अगाडी प्रधानमन्त्री केपी शर्मा ओलीले भवनको शिलन्यास गर्ने भनिएता पनि राष्ट्रपति विद्यादेवी भण्डारीले शिलन्यास गरेकी हुन ।
सोमबार २५६२ औं बुद्ध जयन्ती मूल समारोहमा प्रमुख अतिथिका रुपमा सहभागी हुन लुम्बिनी आएकी राष्ट्रपति भण्डारीले भवनको शिलन्यास गर्दै
करिब ४० करोडको लागतमा बन्ने यो सभाहल दुई वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको छ । बन्ने सभाहलमा आवश्यकताअनुसार अटोमेटिक पार्टेशन गर्न सकिने प्रविधि जडित हुनेछ र हललाई आवश्यकता अनुसार सानो–ठूलो बनाउन सकिने लुम्बिनी विकास कोषले जनाएको छ ।











प्रतिक्रिया