सहमतिमा पदाधिकारी मनोनित गर्ने प्रयास

0
Shares

रामकृष्ण चापागाईं, काठमाडौं

सहमतिमै पदाधिकारी मनोनित गर्न प्रयास गर्ने भन्दै आज सोमबार बोलाईएको निर्वाचित केन्द्रिय पदाधिकारी एवं सदस्यहरुको बैठक चार दिनको लागि स्थगित भएको छ । काग्रेस विधानमा सभापतिले निर्वाचित केन्द्रिय सदस्यहरु मध्यबाट एक उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्री मनोनित गर्ने व्यवस्था छ । दुईमिहना भित्र मनोनित गििरसक्नु पर्ने यी पदाधिकारी दुईवर्ष सम्म पनि मनोनित नगर्दा सभापति निकै आलोचित भएका थिए । 

निर्वाचनको समिक्षा गर्दै भावि कार्यदिशा समेत तय गरि आइतवार सम्पन्न केन्द्रिय समिति बैठकको निर्णय अनुसार पदाधिकारी तत्काल चयन गर्न सोमबार विहान निर्वाचित केन्द्रिय पदाधिकारी एवं सदस्यहरुको बैठक डाकिएको थियो । सो बैठक बस्दै नबसि चार दिनको लागि स्थगित गरिएको हो । केन्द्रिय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विशेष कारणवश बैठक स्थगित भएको सुचना जारी गनुृ भएको थियो । बैठक वैशाख २१ गते शुक्रवार बोलाइएको छ ।

पार्टी प्रवक्ता वश्व प्रकाश शर्माका अनुसार पदाधिकारी मनोनितमा आम सहमति जुटाउन हिजोको बैठक स्थगित गरिएको हो । प्रवक्ता शर्माका अनुसार महामन्त्री डा. शशांक कोइरालाको प्रस्ताव र सभापति शेरवहादुर देउवाको समर्थनमा बैठक चारदिनको लागि स्थगित गरिएको हो । सभापति देउवाले वहुमत बाट भएपनि पदाधिकारी मनोनित गर्न सक्ने भएपनि सकेसम्म सहमतिमै मनोनित गर्दा आम जनमानस र कार्यकर्ताहरुमा सकारात्मक शन्देश जाने भन्दै बैठक स्थगित गरिएको थियो ।

सभापति देउवाले उपसभापतिमा विमलेन्द्र निधि, महामन्त्रीमा पुर्णवहादुर खड्का र सह महामन्त्रीमा डा. प्रकाशसरण महतलाई मनोनित गर्ने तयारी गरेको देउवा निकट स्रोतले नेपाल समाचारपत्रलाई जानकारी दिएको छ । उपसभापतिमा निधिलाई मनोनित गर्ने छनक पाएका देउवा निकट नेता गोपालमान श्रेष्ठले विरोध जनाएपनि उहालाई पनि मनाईसकिएको बताइएको छ । ‘उपसभापतिको प्रमुख दाबेदार म नै हुँ, मलाई सबै पक्षले स्वीकार्छन पनि’ श्रेष्ठले भन्नुभएको थियो– सिनियरको हिसावले पनि सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पछि म नै हो ।

निधिलाई उपसभापतिमा मनोनित गर्ने लक्षणका साथ सभापति देउवाले यस अघि उहालाई कार्यवहाक सभापतिको जिम्मेवारी समेत सुम्पिनु भएको थियो । विधान अनुसार दुई महिना भित्र मनोनित गरिसक्नु पर्ने पदाधिकारी दुईवर्ष वितिसक्दा समेत मनोनित नगरेको भन्दै सभापति देउवाको आइतवार सम्पन्न केन्द्रिय बैठकमा समेत चर्को आलोचना भएको थियो । महामन्त्रीमा खड्कालाई मनोनित गर्दा खुमवहादु खड्का पक्षधरका सबै नेता समेटिने सभापति देउवाको ठम्याई रहेको छ । खुमवहादुर खड्काको निधन पछि उहाँ पक्षधरको नेतृत्व पुर्णवहादु खड्काले गर्ने चर्चा चलिरहेको छ । सह महामन्त्रीमा डा. महतलाई मनोनित गर्दा पौडेल पक्षका केहि नेताहरुको समेत समर्थन रहने देउवा निकट नेताले बताएका छन् ।

सह महमन्त्रीमा देउवाले ड. महतलाई मनोनित गर्ने तयारी गरेपनि सहमतिमा रामचन्द्र पौडेल पक्षधरका नेता महेश आचार्य, दिलेन्द्र प्रसाद बडु, नविन्द्रराज जोशी नेताहरुको नाममा पनि सहमति हुने सम्भावना रहेको काग्रेस नेताहरुले अनुमान लगाएका छन् । मनोनित पदाधिकारीहरुलाई निर्वाचित केन्द्रिय ससदस्यहरुको बैठकले अनुमोदन गर्नुपर्छ ।

सहमतिमा पदाधिकारी मनोनित हुन नसकेमा खुमवहादुर खड्का पक्षधरका केन्द्रिय सदस्यहरुको समर्थन भएपछि सभापति देउवालाई मनोनित पदाधिकारी अनुमोदन गराउन सजिलो हुने छ । निर्वाचित केन्द्रिय समितिमा देउवा पक्षको बहुमत भएपछि पौडेल पक्षले विधानको कुरा उठाएर विरोध गर्दै आएका थिए । ‘विधानमा दुई महिना भित्र पदाधिकारी मनोनित गर्ने उल्लेख छ, दुई वर्ष पछि गरिएको मनोनितलाई मानिदैन’ यसअघि केन्द्रिय सदस्य डा. शेखर कोइरालाले भन्नुभएको थियो ।