म्यानचेस्टर सिटीको सहज जित


लन्डन, (एजेन्सी)
जारी सिजनको इंग्लिस प्रिमियर लिगको उपाधि जितिसकेका म्यानचेस्टर सिटीले आइतबार सहज जित दर्ता गरेको छ ।

लन्डन स्टेडियममा भएको उक्त खेलमा सिटीले वेस्ट≈याम युनाइटेडलाई ४–१ को फराकिलो गोल अन्तरले हराउँदै आफ्नो पोल्टा थप ३ अंक बटुलेको छ । पहिलो हाफसम्म २–१ ले अगाडि रहेको सिटीका लागि खेलको १३औं मिनेटमा सानेले गोलको खाता खोलेका थिए। यस्तै २७औं मिनेटमा वेस्ट≈यामका जाबालेटाले आत्मघाती गोल गरेपछि सिटीको अग्रता दोब्बर बनेको थियो । यता खेलको ४२औं मिनेटमा क्रेसवेलले गोल गर्दै वेस्ट≈यामलाई पहिलो हाफसम्म २–१ को स्थितिमा ल्याएका थिए ।

दोस्रो हाफमा भने सिटीका लागि गाब्रिएल जेससले खेलको ५२औं मिनेटमा तेस्रो गोल गरे । त्यसको एघार मिनेटपछि नै फर्नानडीन्होले गोल गर्दै सिटीको गोलसंख्या चार पु¥याए । जितसँगै प्रिमियर लिग च्याम्पियन सिटीले ३५ खेलबाट ९३ अंक जोडेको छ ।

रियलको संघर्षपूर्ण जित
स्पेनिस फुटबलका महारथी रियल मेड्रिडले स्पेनिस ला लिगामा संघर्षपूर्ण जित हासिल गरेको छ ।

रियलले ला लिगाअन्तर्गत शनिबार राति भएको खेलमा लेगानेसविरुद्ध २–१ को संघर्षपूर्ण जित निकालेको हो । मुख्य खेलाडीलाई विश्राम दिएको उक्त खेलमा रियलले दुवै गोल पहिलो हाफमा गरेका थिए । घरेलु मैदान सान्टियागो बर्नबेउमा भएको उक्त खेलको आठौं मिनेटमा नै गेरेथ बेलले गोल गर्दै रियललाई शुरुआती अग्रता दिलाएका थिए । यस्तै खेलको ४४औं मिनेटमा रियलका युवा खेलाडी बोर्जा मायोरलले गोल गरेपछि रियलको अग्रता दोब्बर बनेको थियो ।

दोस्रो हाफमा भने लेगानेसले आक्रमणलाई तेज पारेको थियो । फलस्वरुप डार्को ब्रासानाकले खेलको ६५औं मिनेटमा लेगानेसको तर्फबाट एक गोल फर्काउन सफल भयो । उनले नोर्डीन अम्राबाटको क्रसमा गोल गर्दै गोलअन्तर घटाएका थिए । खेलको बाँकी समयमा गोल गर्न नसकेपछि लेगानेस पराजित भयो । खेलको अन्तिम सिठी बजेपछि लेगानेसका कप्तान ग्याब्रिएलले रातो कार्ड पाएका थिए । रियलको क्षेत्रभित्र लेगानेसको खुट्टामा बल छँदै रेफ्रीले अन्तिम सिठी बजाएको कारण ग्याब्रिएलले रेफ्रीलाई दुव्र्यवहार गरेका थिए ।

जितसँगै रियलले ३४ खेलमा ७१ अंक जोडेको छ । दोस्रो स्थानमा रहेको एट्लेटिको मेड्रिडको ३४ खेलमा ७२ अंक छ । शीर्षस्थानको बार्सिलोनाले भने एक खेल कम खेल्दै ८३ अंक बनाएको छ । चौथो स्थानमा भ्यालेन्सिया ३४ खेलमा ६६ अंकसहित लगभग सुरक्षित देखिएको छ ।