उज्यालो रेडियो उत्सवमा रेडियोबारे छलफल

0
Shares

काठमाडौं, (नेस)
उज्यालो रेडियो नेटवर्क तथा उज्यालो अनलाइन डटकमको सञ्चालक संस्था कम्युनिकेसन कर्नरको २०औं वार्षिकोत्सवको अवसरमा नेपालमै पहिलोपटक उज्यालो रेडियो उत्सव गरेको छ ।

उज्यालो रेडियो उत्सवमा रेडियोका अनुसन्धानकर्ता, विभिन्न विषयका विज्ञ, रेडियो सञ्चालक, रेडियो अभियन्ता, नीति निर्माता तथा रेडियोसँग सम्बन्धित संस्था र समूहका प्रतिनिधिहरुले रेडियो र समाजका अन्तर सम्बन्धहरुका विषयमा गहन छलफल गरेका छन् । रेडियोको विगत र वर्तमान ः पहिले अलमल, कहिले अन्यौल, रेडियोः २ दशक अघि र अहिले, पहुँच र संख्याका तुलनामा किन बढेन नेपालमा रेडियोको बजार र व्यापार र रेडियोका सुपरिचित आवाजहरु किन अन्तै गए ? विषयमा छलफल भएको छ ।

रेडियो उत्सव अन्तरगत ‘रेडियोका विगत र वर्तमान, पहिले अलमल, अहिले अन्यौल’ शीर्षकमा रेडियो अभियन्ता रघु मैनालीले अहिलेको नीतिगत अन्यौलले देशैभरिका रेडियोको भविष्य अन्यौलमा परेको र यो क्षेत्र नै अस्तव्यस्त भएको बताउनुभयो । अहिलेको नालायकी राजनीतिक नेतृत्वका कारण देशका अरु क्षेत्र जस्तै रेडियो पनि अस्तव्यस्त भएको मैनालीको भनाइ छ ।

नेपालमा यतिधेरै रेडियो भए पनि यसलाई कसरी सञ्चालन गर्ने र कसरी प्रभावकारी बनाउने भन्ने विषयमा सरकारले कुनै अनुसन्धान नै नगरेका कारण रेडियोको अवस्था अस्तव्यस्त भएको उहाँ दावी गर्नुहुन्छ ।देशका ७ सय ६१ वटै स्थानीय तहले रेडियो चलाउन अनुमति दिँदा झन् अस्तव्यस्त हुने उहाँको भनाइ छ ।

त्यस्तै अन्तरक्रियामा ब्रोडकास्टिङ एसोसिएन अफ नेपाल बानका अध्यक्ष अन्तरक्रियामा ब्रोडकास्टिङ एसोसिएन अफ नेपाल बानका अध्यक्ष चन्द्र न्यौपानेले रेडियोको यो अस्तव्यस्त अवस्थालाई छिट्टै अन्त्य गर्नुपर्ने बताउनुभयो ।
देशसँगै रेडियो पनि संघीयतामा गएर कार्यान्वयन गर्ने अप्ठेरो अवस्थामा आफू बानको अध्यक्ष भएको भन्दै उहाँले आफ्ना लागि यो अवसर र चुनौती दुवै भएको बताउनुभयो ।