संसद् अधिवेशन वैशाख २३ गते तोकियो

0
Shares

काठमाडौं, (नेस)
राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २३ गतेका लागि संसद्को वर्षे अधिवेशन आह्वान गर्नुभएको छ। प्रधानमन्त्रीको सिफारिसमा संसद् अधिवेशन राष्ट्रपतिले आह्वान गर्ने प्रचलन रहिआएको छ।

राष्ट्रपति कार्यालयले संविधानको धारा ९३ को उपधारा (१) बमोजिम वैशाख २३ गते आइतबार दिउँसो ४ बजे संसद् अधिवेशन आह्वान गरेको जनाएको छ।