वाणिज्य सन्धि पुनरवलोकन गरिने

0
Shares

काठमाडौं, (नेस)
नेपाल–भारत पारवहन तथा व्यापार सम्झौतालाई समयानुकूल बनाउन वाणिज्य सन्धि २००९ मा पुनरवलोकन गर्ने सहमति भएको छ। दुई देशबीचको वाणिज्य सचिवस्तरीय बैठकमा छलफलपछि सो सहमति भएको हो।

नेपालका तर्फबाट वाणिज्य सचिव चन्द्रकुमार घिमिरे र भारतका तर्फबाट रीता तोतियाले नेतृत्व गर्नुभएको थियो। बैठकमा दुई देशबीचको व्यापार विस्तार, सहजीकरण र लगानीका विविध आयामबारे छलफल भएको थियो।