बुद्धजयन्तीमा राष्ट्रपतिको शुभकामना

0
Shares

काठमाडौं, (नेस)
राष्ट्रपति विद्यादेवी भण्डारीले शान्तिका अग्रदूत गौतम बुद्धको २५६२औं जन्मजयन्तीको पूर्वसन्ध्यामा बौद्ध धर्मावलम्बीहरूलाई शुभकामना व्यक्त गर्नुभएको छ।

उहाँले बुद्धका शान्ति, अहिंसा, मेलमिलाप र करुण भावनाप्रति विश्वास राख्ने सम्पूर्ण बौद्ध धर्मावलम्बीहरूमा शुभकामना व्यक्त गर्नुभएको छ।

त्यसैगरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले २५६२औं बुद्धजयन्तीको पूर्वसन्ध्यामा कांग्रेसको पहिलो प्राथमिकता शान्ति भएको उल्लेख गर्नुभएको छ। उहाँले बुद्धका उपदेशलाई सबैले पालना गरेर देशमा शान्ति कायम होस्, अन्याय अत्याचारबाट सबै देशबासीले मुक्ति पाऊन् भन्ने कामना गर्नुभएको छ।

देउवाले शान्ति, सहिष्णु तथा सद्भावका प्रणेता गौतम बुद्धको उपदेशलाई सबैले मन, वचन र कर्मले पालना गर्न तथा अशान्ति, हत्या, र हिंसाको विरोध गर्न आग्रह गर्नुभएको छ।