ओली-मोदीले उद्घाटन गर्ने अरुण तेस्रोमा बम विस्फोट

0
Shares

काठमाडौं  । प्रधानमन्त्री केपी ओली र समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा उद्घाटन गर्ने भनिएको अरुण तेस्रो जलविद्युत आयोजनामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बम विस्फोट गराएको छ ।

शनिबार राति २/३ जनाको समूहमा आएका कार्यकर्ताले अरुण तेस्रोको कार्यालयमा बम विस्फोट गराएका हुन् । प्रत्यक्षदर्शीका अनुसार उनीहरूले बम विस्फोट गराएपछि नारावाजी समेत गरेका थिए ।

संखुवासभा जिल्लाको खाँदबारी नगरपालिका ९ तुम्लिङटारमा रहेको अरुण तेश्रो जलविद्युत आयोजनाको कार्यालयमा बम बिस्फोट भए पनि नेकपाले त्यसको औपचारिक रुपमा जिम्मेवारी लिएको छैन ।

वैशाख २८ गतेदेखि भारतीय प्रधानमन्त्री मोदीले नेपालको औपचारिक भ्रमण गर्दै छन् । सोही भ्रमणका बेला ओली र मोदीले अरुण तेस्रो आयोजनाको संयुक्त रुपमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

बम विस्फोटबाट कार्यालयको पर्खाल भत्किएको प्रत्यक्षदर्शीले बताए । नेकपाले यसअघि पनि विभिन्न विकास निर्माणका आयोजनाहरूमा मोटो रकम चन्दा माग गरेर बम आक्रमण गर्दै आएको छ ।