संसद् बैठकका लागि सिफारिस

0
Shares

काठमाडौं, (नेस)
मन्त्रिपरिषद्को शुक्रबारको बैठकले वैशाख २३ गतेका लागि अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसद्को अधिवेशन आह्वान र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ। संघीय संसद्को यो दोस्रो बैठक हुनेछ। मन्त्रिपरिषद्को बैठकले २३ गते आइतबार ४ बजेका लागि संघीय संसद्को अधिवेशन आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गरेको हो।

संविधानअुनसार जेठ १५ मा सरकारले बजेट ल्याउनुपर्ने बाध्यता छ। नयाँ बजेट पेस हुनुअघि संसद्मा ‘प्रि–बजेट’ छलफल हुन्छ। छलफलपछि सरकारका तर्फबाट राष्ट्रपतिले संसद्मा नीति तथा कार्यक्रम पेस गर्नुहुनेछ। नीति तथा कार्यक्रम पारित भएपछि बजेट पेस हुनेछ। फागुन २१ गते शुरू भएको संघीय संसद्को बैठक ठीक १ महिनासम्म चलेर चैत्र २० गते राति १२ बजेबाट अन्त्य भएको थियो। प्रतिनिधिसभाका ११ र राष्ट्रिय सभामा १० वटा बैठक बसेका थिए।