नेपाल समाचारपत्र, बुटवल ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश ५ को प्रदेशसभा बैठकलाई सम्बोधन गर्ने भएका छन् । यसका लागि १६ आइतबार प्रदशेसभाको आकस्मिक बैठक बोलाइएको छ ।
यसअघि २१ मा बैठक बस्ने तय भएको थियो ।
प्रधानमन्त्री ओली बुद्ध जयन्तीको समारोहमा सहभागी हुन लुम्बिनी आएको अवसरमा प्रदेशसभालाई पनि सम्बोधन गर्ने भएको बताइएको छ ।











प्रतिक्रिया