५० हजार घुससहित वाणिज्य बैंकका सहायक प्रबन्धक पक्राउ

0
Shares

नेपाल समाचारपत्र, महोत्तरी ।

राष्ट्रिय वाणिज्य बैंक बर्दिवास शाखामा कार्यरत सहायक प्रबन्धक जगदिशप्रसाद काफ्ले ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । कार्यालयमा काम गर्दै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको एक टोलीले उनलाई पक्राउ गरेको हो ।

उनी बर्दिवास ९ को रञ्जना गाई फार्मलाई युवा स्वरोजगार कार्यक्रममार्फत १० लाख रुपैयाँ ऋण दिने भन्दै रकमको ५ प्रतिशत घुस मागेको अख्तियारको टोलीले जानकारी दिएको छ ।