यातायात व्यवसायीविरुद्ध सरकार आक्रामक

0
Shares

काठमाडौं, (नेस)
सरकारले मुलुकभर क्यान्सरको रूपमा रहेको सिन्डिकेट प्रथालाई अन्त्य गरेपछि विरोधमा उत्रिएका यातायात व्यवसायीलाई कडा चेतावनी दिएको छ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले यातायात व्यवसायीले बन्द हड्ताल गरे यातायात व्यवसायीको संगठन खारेज गर्ने चेतावनी दिएको छ। बैठकले यातायात व्यवसायीहरूले सवारी बन्द गरे नियन्त्रणमा लिएर सरकारले नै सञ्चालन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले जानकारी दिनुभयो। बैठकले प्रदेश र संघबीचमा आन्तरिक सुरक्षा व्यवस्थापन गर्नेसम्बन्धी कार्यकारी निर्देशन जारी गर्ने निर्णय गरेको छ।

बैठकले कर्मचारी सञ्चय कोषको प्रशासकमा तुलसीप्रसाद गौतमलाई नियुक्त गर्ने निर्णय गरेको छ।