राष्ट्रपति विद्यादेवी भण्डारीले लिएको सपथ बैधानिक

0
Shares

प्रशान्त वली, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले लिएको सपथ विरुद्ध परेको रिट खारेज भएको छ।

अधिवक्ताहरु नारायण खरेल र हेममणि सुवेदीले पदावधि सकिएका प्रधानन्यायाधीश गोपाल पराजुलीबाट राष्ट्रपतिले सपथ लिएको र त्यो अवैधानिक भएको भन्दै चैत १४ गते सर्वोच्चमा रिट दायर गरेको रिट खारेज भएको सवोच्चका सह प्रवक्ता नगेन्द्र कालाथोकीले नेपाल समाचारपत्रलाई जानकारी दिएका छन ।

न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले रिट खारेज गरेको हो।

राष्ट्रपति भण्डारीले फागुन ३० गते पराजुलीबाट सपथ लिएकी थिइन्। सोही दिन साउनमै उमेरहदका कारण पदावधि सकिइसकेको भन्दै न्याय परिषद् सचिवालयले पराजुलीलाई अवकाशको पत्र पठाएको थियो।